२०८० जेष्ठ २७ गते शनिवार

म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगियो



काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो। युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकएक गोल गरे।

खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे।

त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गरेको गोल नै निर्णायक बन्यो। जीतपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो।

जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शीर्ष स्थानमा रहेको सिटीको ६५ अङ्क छ। दुवै टोलीले समान २८–२८ खेल खेलेका छन्। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ५३ अङ्क छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?