२०७८ कार्तिक १ गते सोमवार

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सर्वाेच्च अदालतले ऋषि कट्टेललाई दिएपछि प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।

आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको हो।

समूहले फैसलापछिको अवस्थाबारे आइतबार कानून व्यवसायीसँग छलफल गरेको थियो।

छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो।

अदालतको निर्णयपछि एमाले र माओवादी केन्द्र ब्यूँताएकाे छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार