२०८० जेष्ठ २७ गते शनिवार

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

‘मलाई पेल्न खोजेका थिए, सकेनन्’


काठमाडौं । नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी दर्ता थियो ।

तर तत्कालीन एमाले र माओवादी केन्द्र एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा दर्ता गरेका थिए ।

त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आइतबार त्यसैको फैसला सुनाएको हो । फैसलापछि कट्टेलले आफुले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले (ओली–प्रचड) ले नमानेको भन्दै तर अहिले न्याय पाएको प्रतिक्रिया दिए ।

‘मैले पहिल्यै नाम नजुधाउनु भनेको थिएँ, जुधाए । मलाई जर्बजस्ती पेल्न खोजेका थिए । तर, सर्वोच्चले खारेज गरिदियो ।

मलाई त चित्त बुझ्ने नै भयो’, खुसी हुदै कट्टेलले रातोपाटीसँग भने, ‘उनीहरुले पनि निकास पाए, सास फेरे ठिकै भयो ।’

उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।

‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए । तर अहिले सरकार पक्ष हार्यो ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?