२०८१ बैशाख ६ गते बिहिवार

प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार



 काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए ।

तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?