२०८० जेष्ठ २६ गते शुक्रवार

अलमलमा अविश्वास प्रस्ताव, संसदीय दलको नेता ओली कि प्रचण्ड ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भइसकेको छ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि पहिलो पटक आज संसद् बैठक बस्दैछ।

तर, नेकपा विभाजनले कानुनी रूपमा औपचारिकता नपाउँदा पार्टीभित्रको विवाद आजबाट संसद् प्रवेश गर्दैछ।

यही समस्याले अब संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटालाई सकस पर्ने देखिएको छ।

नेकपा विभाजनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ।

उनीहरूले आफूहरूसँग १ सय १५ जना सांसदको उपस्थिति रहेको पनि दाबी गरेको छ। यता, प्रधानमन्त्री ओली पक्षले पनि दलको नेताबाट हात झिकेको छैन।

दुवै पक्षले आआफ्नो दाबी गरिराख्दा सभामुखले कसलाई संसदीय दलको नेताको रूपमा बोल्न दिन्छन् अझै निर्णय लिन नसकेको सभामुख सचिवालय बताउँछ।

संसद् बैठक सुरु हुनुअघि प्रचण्ड र माधवसहितका नेताहरूले सभामुख सापकोटासँग भेटवार्ता गरेका छन्। जुन भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?