२०८० मङ्सिर १३ गते बुधवार

लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो



काठमाडौं : इङलिस प्रिमियर लिग फूबटलमा लेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

गएराति सम्पन्न खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–१ गोल अन्तरले हराउँदै तालिककाको दोस्रो स्थानमा उक्लिएको हो।

लेस्टरको जितमा केलेची इहीनाचो र डानियल अमार्टेले एक एक गोल गरेका थिए त्यस्तै ब्राइटनका एडम ललानाले एक गोल गरेका थिए।

जीतसँगै लेस्टर सिटीको २८ खेलमा ५३ अंक भएको छ। त्यस्तै शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २७ खेलमा ५१ अंक रहेको छ।

त्यसैगरी ब्राइटनको भने २७ खेलमा २६ अंक रहेको छ र लिगमा १६औ स्थानमा रहेको छ।

गएराति नै भएका अन्य खेलमा साउथ ह्याम्टनले सेफिल्ड युनाइटेडलाई २–०ले हरायो। बर्नेली र आर्सनलले एक एकको बराबरी खेल्दा एस्टन भिल्ला र उल्भस् गोलरहित बराबरीमा रोकिए।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?