२०७८ बैशाख ४ गते शनिवार

स्थापना भएको २३ वर्षपछि ए डिभिजनमा उक्लियो सातदोबाटो युथ



काठमाडौं : सहिद स्मारक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा भएको छ।

दोस्रो स्थानमा रहेको खुमल्टार युथ क्लब र श्री भगवती क्लबबीचको खेलमा खुमल्टार पराजित भएपछि सातदोबाटो युवा क्लब दुई खेल बाँकी रहँदै ए डिभिजनमा बढुवा भएको हो।

सातदोबाटो युथ क्लबले स्थापनाको २३ वर्षपछि शीर्ष डिभिजनमा स्थान बनाएको हो।

२०५४ सालमा स्थापना भएदेखि नै डि डिभिजन क्वालिफायरबाट घरेलु फुटबल खेल्न थालेको सातदोबाटो २०६६ सालमा बि डिभिजनमा बढुवा भयो।

त्यसयता भने उसले लगातार बि डिभिजनमानै संषर्ष गरिरहेको छ।

पछिल्लो दुई सिजन शीर्ष चारमा परे पनि शीर्ष स्थानमा रहन भने सकेन। ए डिभिजनमा उक्लिए पनि अबको बाटो सहज भने छैन।

एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु सातदोबाटोका लागि ठूलो चुनौती हो।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार