२०८० मङ्सिर २२ गते शुक्रवार

डर्टमण्डमाथि बार्यनको शानदार जीत, लेवान्डोस्किको ह्याट्रिक



एजेन्सी : जर्मन बुण्डेस लिगा फूटबलमा बायर्न म्युनिखले ब्रुनोसिया डर्टमण्डमाथि शानदार जित निकालेको छ।

गएराति सम्पन्न खेलमा म्युनिखले डर्टमण्डलाई ४-२ गोल अन्तरले हराएको हो।

२-० गोल अन्तरले पछि परेको बायर्न रोबेर्ट लेवान्डोस्कीको ह्याट्रिकमा शानदार कम ब्याक जित हासिल गरेको छ ।

बायर्नको जितमा रोबेर्ट लेवान डोस्कीले ह्याट्रिक गरेका थिए।

उनले खेलको २६औ, ४४औ र ९०औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे। त्यस्तै लेओन गोरेत्जकाले एक गोल गरेका थिए। ​

डोर्टमण्डका लागि दुवै गोल एर्लिंग हल्याण्डले गरेका थिए। हल्याण्डले खेलको दोस्रो र नवौं मिनेटमा गोल गरेर डोर्टमण्डलाई २-० को अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु परेको थियो।

जितपछि बायर्न म्युनिखको २४ खेलमा ५५ अंक भएको छ र लिगमा आफ्नो अग्रता कायम राखेको छ। गएराति नै भएको खेलमा फेइबर्गलाई तीन शून्यले हराउँदै आरबी लेइपजिंग दोस्रो स्थानमा छ। उ बार्यन भन्दा २ अंकले पछाडी छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?