
काठमाडौं। ८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ ।
इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।
द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए ।
यही क्रममा यो घटना भएको हो । अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ ।
आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए ।
उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।
घटनाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गोहीलाई समातेपछि उसको पेट चिरेर बच्चाको शव बाहिर निकालिएको थियो ।
यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मारेको थियो जसको शव अहिलेसम्म बरामद हुन सकेको छैन ।