
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ ।
यस अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ ।
अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार