
काठमाडौं । संघीय संसद सचिवालयले नेकपा दुवै समूहलाई सत्ता पक्षको एउटै लाइनमा बस्ने प्रवन्ध मिलाएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकका लाग सचिवालयले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
पत्रकार सम्मेलन गर्दै प्रवक्ता पाण्डेले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले आफूलाई प्रतिपक्षको लाइनमा बस्ने व्यवस्था मिलाउन सचिवालयलाई दबाव दिएको थियो ।
तर सचिवालयले कानुनी रुपमा नेकपा एउटै दल रहेको भन्दै दुवै समूहलाई सत्ता पक्षको लाइनमा बस्ने व्यवस्था मिलाएको हो ।
यसैगरी सचिलायले संसद बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार