
सुर्खेत । एयर गनसहित प्रहरीले शनिबार राति वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो ।
‘ग्यारेज खानतलासी गर्दा एयर गन फेला पा¥यौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले भने, ‘अनुसन्धान जारीनै रहेकाले थप विवरण खुलेको छैन् ।’
उनले एयर गन कहाँबाट ल्याइएको हो भन्ने पनि नखुलेको बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार