२०७८ कार्तिक १ गते सोमवार

कर्णालीमा भएको दुर्घटनामा परि घाइते भएका चालकलाई प्रदेश २ प्रमुखले उद्धार गरे



सुर्खेत – कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित भेरिगंगा चार हर्रेमा सवारी दुर्घटना हुदाँ चालक घाईते भएका छन् ।

घाइते हुनेमा जाजरकोट घर भएका मिनिट्रकका चालक ४६ वर्षे शेरबहादुर सिंह रहेका छन् ।

 


शनिबार दिउसो करिव २ बजे नेपालगञ्जबाट फलफुल बोकेर आउदै गरेको कर्णाली प्रदेशको ०२५६ नवरको मिनिट्रक र बा ५ ख ४२०७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो ।

घाईते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्याएका छन् ।

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा पुर्याएको बताए ।

उनले भने, ‘मैले चढ्ने सवारी साधन पनि जनताले तिरेको करबाट हो । घाईतेको अबस्था हेर्दा अर्को गाडी आउनेबेला सम्म ढिलाहुने भएकाले आफ्नै गाडीमा राखेर कोहलपुर मेडिक कलेजमा पु¥याएको हुँ ।’

प्रदेश प्रमुख डा.अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पु¥याएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।

अहिले उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् ।

सोहीअनुसार उनि कलर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किएका हुन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार