२०८० मङ्सिर २२ गते शुक्रवार

केपी ओली कम्युनिष्ट राजनीतिमा कुहेको अण्डाजस्तै भइसके : प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओत्सेतुङले कम्युनिस्टहरू अण्डा जस्तै फाइदाजनक हुन्छन् तर बिग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् भनेको प्रसंग स्मरण गर्दै ओली पनि कुहिएको अण्डा जस्तै भएको टिप्पणी गरे।

उनले भने, ‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टको बारेमा भन्दा सरल उदाहरण दिँदै भन्नुभएको थियो- अण्डा स्वास्थ्यका लागि स्वास्थ्यवर्द्धक हुन्छ तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा केही हुँदैन’ उनले अगाडि भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर कुहेर गन्हाउन थाले भने त्यसभन्दा नराम्रो केही हुँदैन, अहिलेका केपी ओली त्यही कुहेको अण्डा हो।’

कार्यक्रममा प्रचण्डले पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई उनीहरूको क्षमताका आधामा उचित जिम्मेवारी दिइने पनि बताए।

त्यस अवसरमा उनले विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु खुसीको कुरा भएको र एकदिन यसैगरी मूल पार्टीमा फर्किने पनि विश्वास व्‍यक्त गरे।

देशको भाग्य र भविष्य भनेकै युवाकै हातमा रहेको पनि उनले बताए। उनले कम्युनिष्ट आन्दोलन वैज्ञानिक भएको र यो कुनै रूढीवादी किसिमको नहुने पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?