२०८० चैत्र १६ गते शुक्रवार

राजाकी गर्लफ्रेण्डका १४०० नग्न फोटो देशैभरी छ्याप्छ्याप्ती



काठमाडौं। राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ ।

आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् ।

राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।

रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु नग्न छन् ।राजाकी पत्नी सुथिडा र गर्लफ्रेण्ड सिनिनितबीच चलिरहेको झगडाका कारण यी तस्वीरहरु लिक भएको विश्वास गरिएको छ ।

सुथिडा थाइल्याण्डकी रानी हुन् । राजाकी गर्लफ्रेण्ड सिनिनितका तस्वीर यस्तो समयमा लिक भएका छन् जतिबेला उनी भर्खरै जेलबाट छुटेर राजाको नजिक पुगेकी छिन् ।

गत वर्ष राजाले आश्चर्यजनक तरिकाले आफ्नी गर्लफ्रेण्डलाई जेल हालेका थिए । उनीमाथि रानीको छवि बिगार्न खोजेको आरोप लगाइएको थियो ।

रिपोर्टअनुसार सिनिनितका नग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ ।

स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ ।

थाइल्याण्डका ६८ वर्षका राजा महा बाजीरालंकर्णले २०१९ मा सुथिडासँग बिहे गरेका थिए । उनलाई रानीको दर्जा प्राप्त छ । यसअघि पनि राजाले तीन विवाह गरेका थिए । उनका ७ सन्तान छन् ।

उनका तीन पत्नीहरुसँग भने सम्बन्धविच्छेद भइसकेको छ । ४२ वर्षकी सुथिडा र ३५ वर्षकी सिनिनित दुवैले पहिले राजाको महलमा बरिष्ठ अधिकारीको रुपमा काम गरेका थिए । सुथिडाले यसअघि थाइ एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् भने सिनिनित पहिले सेनाकी नर्स थिइन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?