२०८० असोज ७ गते आइतवार

धनगढीको एक फर्निचर उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर



धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो करिव सवा १२ बजेतिर आगलागी भएको हो।

आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रण गर्न दम्कल आइपुगे पनि दम्कलमा पानी नभएको स्थानीय गुनासो गरेका छन्।

गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताए।

दमकल फेरि पानी भर्न गएको छ। उक्त फर्निचर उद्योगमा लगभग ५ करोड बराबरको सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाली सेना, स्थानीयसहित आगो नियन्त्रणमा लागेपनि आगलागी नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?