
रामचन्द्र न्याैपाने/डाेल्पा २१ फागुन,
‘रेलको बाटो’ गीतको छायांकनका लागि डोल्पाको शे-फोक्सुण्डो ताल पुगेको एककाे हेलिकप्टरबाट उद्वार गरिएको छ ।
भिडियो छायांकनकालागि पुगेका कलाकार अमृत सुना र लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट निशुल्क उद्वार गरि सुर्खेत लगिएको हाे ।
केही दिन अघिमात्रै काठमाडौंबाट डोल्पा पुगेका सात जनामध्ये अधिकाशंलाई फोक्सुण्डो ताल पुग्दासम्म लेक लाग्ने समस्या देखिएपनि सुनारलाइ भने श्वास फेर्न एकदमै गाराे भएपछि हेलिकप्टरबाट उद्वार गरिएको स्थानीय कलाकार लक्ष्मण देबकाेटाले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ बसेकाे सेनालाई खबर गरेर उद्धारका लागि हेलिकोप्टर बाेलाइएकाे देबकाेटाले बताए ।
सुनारकाे कालागाउँ अस्पतालमा उपचार भइरहेकाे र स्वास्थ्यअवस्था सुधारन्मुख रहेकाे बताइएकाे छ । कर्णालीको परिवेशमा आधारित ‘रेलको बाटो’ गीतको अडियो केही दिनअघि युट्युबमार्फत् सार्वजनिक भएको थियो।
लेखराज गिरीको शब्दमा रहेको गीतमा सुरज पण्डितको स्वर र संगीत छ भने चिरञ्जीवी सापकोटा सरस्वती खत्री र लक्ष्मण देबकोटाको अभिनय रहेकाे छ ।भिडियोकाे निर्देशन लक्ष्मण सुनारले गरेकाछन् ।