२०८० चैत्र १६ गते शुक्रवार

गुडिरहेको मालवाहक ट्रकमा एक्कासि आगलागी, चालक भागेर बाँचे



झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ।

चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना२ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

ट्रकको अगाडि भागमा विद्युत् चुहावट भई आगलागी भएपछि ट्रक चालक भागेर ज्यान बचाएका थिए ।

ट्रकमा प्लाईका टुक्रा दाउरा लोड गरिएको थियो। कृषि विकास बैङ्कनजिकै ट्रकमा आगलागी भएपछि तत्काल भद्रपुर नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाएका थिए ।

ट्रकमा आगो लागेपछि केहीबेर सडक अवरुद्ध बनेको थियो भने स्थानीयको भिडसमेत लागेको थियो ।

ट्रकमा लागेको आगोले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि तयार पारिएको स्वागत गेटमा समेत क्षति पुगेको स्थानीय बताउँछन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?