२०८० मङ्सिर २० गते बुधवार

शनिबारबाट काठमाडौंमा ‘मेयर्स कप क्रिकेट’



काठमाडौं : कीर्तिपुरको क्रिकेट रंगशालामा शनिबारबाट ‘मेयर्स कप क्रिकेट’ सुरु हुने भएको छ।

काठमाडौं महानगरपालिकाले शुक्रबार महानगरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो ।

महानगरपालिकाका अनुसार ५० ओभरको प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।

जसमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फागुन २९ गते सम्पन्न हुने प्रतियोगिताका लागि प्रायः टिमको घोषणा भइसकेको छ ।

महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा खेल सञ्चालन हुनेछ। पाँच टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी खेलाडीले म्याच फी स्वरुप खेलको दुई हजार रुपैयाँ पाउनेछन्। संघले खेलाडीहरुलाई खाने बस्ने व्यवस्था गर्नेछ। प्रतियोगिताका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान महानगरपालिकाको छ। यसमध्ये महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्नेछ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?