२०८० जेष्ठ २६ गते शुक्रवार

घरेलु मैदानमा लिभरपुलको पाँचौं हार



काठमाडौं : साविक च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा जारी सिजन लगातारको खराव प्रदर्शनबाट उम्कन सकेको छैन्।

एनफिल्डमा बिहिबार भएको खेलमा लिभरपुल चेल्सीसँग १-० ले पराजित भएको छ। शीर्ष पाँच युरोपियन लिगमा शीर्ष क्लब लगातार पाँच खेलमा घरेलु मैदानमा पराजित हुने लिभरपुल पहिलो क्लब समेत बन्यो।

त्यसो त चेल्सीले टुचे प्रशिक्षक भएयता प्रिमियर लिगमा सिटीपछि धेरै अंक जोड्न सफल रह्यो। उसले २७ जनवरी यता १८ अंक हात पार्न सफल भयो। १० खेल सम्म चेल्सीको अपराजित यात्रालाई कायम गरेका प्रशिक्षक थोमस टुचेले चेल्सीलाई शिर्ष चारमा पनि पुर्याएका छन्।

चेल्सीलाई लिभरपुलको मैदानमा निर्णायक अंक दिलाउन मसन मोउन्टले ४२ औं मिनेटमा गरेको एकमात्र गोल पर्याप्त् रह्ये। टुचेको प्रशिक्षणामा उनी पछिल्ला ८ खेलमा तीन गोल गर्न सफल रहे।

लिभरपुलले २०२१ सुरु भए यताको प्रिमियर लिगमा ११ खेलमा केवल १० अंक मात्रै जोडेको छ। जुन प्रिमियर लिगमा वेस्ट ब्रुम ९, न्युक्यासल ७ र साउथहेम्टन ४ भन्दा मात्रै अघि हो।

जितसँगै चेल्सीले २७ खेलबाट ४७ अंक बनाएर चौंथा स्थानमा उक्लिएको छ। समान खेलबाट लिभरपुल भने ४३ अंक सहित सातौं स्थानमा झरेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?