२०८० जेष्ठ १९ गते शुक्रवार

एथ्लेटिक बिल्बाओ फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने



काठमाडौं : एथ्लेटिक बिल्बाओ कोपा डेल रे कपको फाइनलमा पुगेको छ।

गएराति सम्पन्न खेलमा लेभान्टेलाई २-१ गोल हराउँदै एथ्लेटिक समग्रमा ३-२ को जीतसहित फाइनलमा पुगेको हो। यसअघि भएको पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

एथ्लेटिकको जितमा राउल गार्सिया र अलेजान्द्रो रेमिरोले एक एक गोल गरे भने लेभान्टेका लागि रोजर मार्टिले एक गोल गरेका थिए ।

अब कोपा डेलरे को फाइनलमा एथलेटिक बिल्बाओ र बार्सिलोना खेल्ने छन् । फाइनल खेल अप्रिल १७ मा हुदै छ। ​

कोपा डेल रेमा बार्सिलोना यो सहित ४२औ पटक फाइनलमा पुग्दा ३० पटक उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ।

त्यस्तै एथ्लेटिक बिल्बाओ कोपामा बार्सिलोनापछि धेरै उपाधि जित्ने टिम हो। उसले अहिलेसम्म ३८ पटक फाइनलमा पुगेर २३ पटक उपाधि जितेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?