२०८० मङ्सिर २१ गते बिहिवार

संसदीय दलको नेता चयन भएलगत्तै प्रचण्डको सम्बोधनः ओली पक्षका सांसदलाई पनि आउन आग्रह



काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् ।

शुक्रबार संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे ।

अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।

नेकपाको प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ जना सांसद छन् ।

संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको सांसद सोमप्रसाद पाण्डेले बताएका छन् । अन्य केही सांसदको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?