२०८० जेष्ठ १९ गते शुक्रवार

कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं : ओली



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन् ।

नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए ।

उनले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?