२०८० असोज ९ गते मङ्गलवार

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’

उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?