२०८० मङ्सिर २० गते बुधवार

झलनाथले अध्यक्षता गरे प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक, पुनः दलको नेता चयन गर्ने



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ ।

आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी दिए ।

यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

तर संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–माधव समूहले फेरि दलको नेता चयनको निर्णय गर्न लागेको हो ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी ११२ जना सांसदहरु सहभागी छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?