२०८१ बैशाख ८ गते शनिवार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव



काठमाडौं । शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका सदस्यहरुले बिहीबार तीन बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरेका थिए ।

प्रेस नोटमा विप्लव समूहले राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने, सरकारले प्रतिबन्ध फुकाउने तथा सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेजी लगायतका विषय उल्लेख छ । विस्तृत सहमति राष्ट्रिय सभागृहको समारोहबाट सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?