२०८० मङ्सिर २२ गते शुक्रवार

सुर्खेतमा ‘कोभिसिल्ड’ सात हजारलाई लगाइयो, ६५ वर्ष माथिका २४ हजारलाई लगाईदै



सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४७५ जनालाई लगाएको जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोपको पहिलो डोज लगाइसकिएको छ ।

दोश्रो डोज वैशाख सात देखि १५ गतेसम्म लगाईने उनको भनाई थियो । यसैबीच फागुन २३ गते देखि सुर्खेतमा ६५ वर्ष भन्दा माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ ।

‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन सुरु गर्दैछौं ।’ उनले भने, ‘सुर्खेतमा सो उमेर समूहका २४ हजार ९७६ जना रहेका छन् ।

यो खोप लगाउन २५६ जना स्वास्थ्यकर्मी, ६०० जना भन्दा बढि स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना बनाएका छौं ।’ उनले खोपका लागि जिल्लामा २०५७ भायल आएको बताउँदै प्रति भायल १० जनालाई खोप लगाउन सकिने बताए ।

 

सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यू भएको छ । तीना जना नेपालगन्ज तथा काठमाडौंका अस्पतालमा मृत्यू भएको जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?