२०७८ बैशाख ४ गते शनिवार

विश्वका यी परिकार, जसलाई युनेस्कोले सम्पदाको सूचीमा राखेको छ



दक्षिण कोरियाको किमजाङ, उत्तर कोरियाको खिम्ची र बेल्जियमको बियर युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

यतिमात्रै होइन, विश्वका कतिपय खानाहरू यस्ता पनि छन् जुन हामीलाई सामान्य लाग्ने भए पनि लामो सांस्कृतिक विरासतका कारण यस्ता खानाहरूले विश्वमा सांस्कृतिक महत्व कायम गरिसकेका छन् ।

युनेस्को संयुक्त राष्ट्रसंघको एउटा सांस्कृतिक धरोहरहरूको संरक्षणको लागि खुलेको एउटा निकाय हो ।

मूर्त र अमूर्त सम्पदाको रूपमा विभाजन गरेर संरक्षणको खाका तयार पार्ने युनेस्कोले विश्वका विभिन्न देशहरूका संस्कृतिसँग जोडिएका खाद्य एवं पेय पदार्थलाई सांस्कृतिक महत्व देखाएर अमूर्त सम्पदाको सूचीमा सूचीकृत गरेको हो । निम्न देशका परिकारहरू युनेस्कोको सम्पदा सूचीमा सूचीकृत हुने गरेका छन् ।

लाभास, आर्मेनिया

आर्मेनियाली परिकार लाभासले देशको खाद्य संस्कृति र सामाजिक जीवनमा विशेष महत्व राख्छ । लाभाश पकाउने सिप र समन्वयको साथसाथै यसको सांस्कृतिक महत्वका कारण महत्वपूर्ण मानिन्छ ।

लाभास गहुँको पीठो र पानीको एक साधारण मिश्रणबाट बनाउने परिकार हो । नेपाली जनजीवनमा रोटी जस्तै देखिने यो परिकार रोटीभन्दा केही भिन्दै छ ।

यसलाई पिठो मुछेर घाँस वा उनले भरिएको भाँडोमा त्यसलाई गोलो बनाउने र रोटी बनाउँदा जस्तै त्यसलाई बेल्‍ने गरिन्छ । त्यसलाई माटोको ओदानमा राखेर पकाउने गरिन्छ ।

यसमा ३० देखि ६० सेकेण्डसम्म पकाएपछि यो परिकार तयार हुन्छ । लाभास आर्मेनियालीको विवाहको लागि अनिवार्य परिकार हो । लाभासले टाउकोमा नढाकेसम्म आर्मेनियाली वरवधुको विवाह नै सम्पन्न नहुने त्यहाँको संस्कृति छ ।

 

वाशोकु, जापान

वाशोकु जापानको एउटा परम्परागत खाद्य परिकार हो । परम्परागत रूपमा वाशोकु चार तत्वहरू मिलेर बनेको हुन्थ्यो । पकाइएको चामल, सूप र सुकेमोनो (जापानी अचार) ।

यी सबै खानाको संयुक्त परिकारलाई सामूहिक रूपमा वाशोकु भनिन्छ । यसको सारमा यसले प्रकृतिप्रति गहिरो सम्मान झल्काउँछ ।

प्राकृतिक एवं स्थानीय रूपमा उत्पादन गरिएको धान, माछा, तरकारीहरू र खाद्य पदार्थलाई प्रयोग गरेर यो खाना बनाउने गरिन्छ । यो परिकारले जापानी खानाको बारेमा सबै ऐतिहासिक सांस्कृतिक महत्व बढाएको भन्दै यसलाई युनेस्कोले २०१३ मा नै सम्पदासूचीमा सूचीकृत गरेको हो ।

भूमध्य क्षेत्रको भूमध्य आहार

२०१३ मा स्पेनको भूमध्यसागरीय आहार (इटाली, पोर्चुगल, मोरोक्को, क्रोएसिया, साइप्रस, र ग्रीस लगायत छ अन्य देशहरूमा समेत प्रचलनमा रहेको) लाई युनेस्कोको ईन्टरिजिबल कल्चरल हेरिटेज एन्ड ह्युमनिटीको सूचीमा राखिएको थियो ।

यद्यपि भूमध्यसागरको खाना निश्चित रूपले धेरै देशहरूमा साझा खाना हो । युनेस्कोले विधि र प्रक्रियाहरू पूरा गरेका कारण यस आहारलाई स्पेनी संस्कृतिको एक महत्त्वपूर्ण हिस्सा मानियो ।

स्पेनमा भूमध्यसागरका विभिन्न खानालाई स्वादिस्ट एवं विकसित बनाउन बढी भूमिका खेलिएको पाइन्छ ।

हकर फुड कल्चर, सिंगापुर

सिंगापुर एक बहुसांस्कृतिक राष्ट्र हो । यो शहरको ठूला व्यापारिक केन्द्रहरूमा समेत सानासाना धेरै किसिमका परिकारहरू पाइन्छ ।

मलाया, न्योन्या, भारतीय र चिनियाँ स्वादहरू एउटै गल्लीमा पाउनु त्यहाँको विशेषता हो । त्यहाँका धेरै कुकहरू केवल एक वा दुई परिकारको लागि मात्रै विज्ञ हुन्छन् ।

त्यसैले यसमा यही खाना भन्ने हुँदैन । तर माछादेखि तरकारीसम्मका झण्डै एक दर्जन परिकार रहेका छन् ।

हकर संस्कृति १९६० को दशकको हो । यद्यपि अहिले यस्तो संस्कृति व्यवस्थित हुँदै गएको छ । सन् २०२० मा युनेस्कोले सिंगापुरको अद्वितीय खाद्य केन्द्रको सांस्कृतिक महत्वलाई मान्यता दियो र उनीहरूलाई अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गर्‍यो ।

कुस्कोस, अल्जेरिया, मोरिटानिया, मोरक्को र ट्युनिसिया

अल्जेरिया, मार्रिटानिया, मोरक्को र ट्युनिसिया जस्ता उत्तर अफ्रिकी राष्ट्रहरूमा मानिसहरूले कुसकुसलाई अरूभन्दा राम्रो परिकार मान्छन् ।

यसलाई पनि युनेस्कोले २०२० मा सांस्कृतिक महत्वको खानपानको रूपमा व्याख्या गरेको छ ।

कुस्कोस एक अन्न हो । यसको रोप्ने प्रक्रिया बीउबाट सुरु हुन्छ । सुजीको बोटलाई बढेपछि वा फसल काटेपछि त्यसलाई सानासाना गोलाकार बलहरू बनाउने गरिन्छ ।

त्यसलाई पहिले तताइन्छ र पछि पकाउने गरिन्छ । सूचीबद्ध यो परिकारको तयार पार्ने र खाने तरिका चार देशमा अलिक फरक हुन्छ ।

क्भेभरी वाइन-मेकिंग, जर्जिया

यो जर्जियाको एककिसिमको मदिरा हो । यसलाई जर्जियाली परिवारहरू, भिक्षुहरू र अन्य सबै पेशेवरहरूले प्रयोग गर्ने गर्छन् ।

मदिरा निर्माताहरूले अझै पनि यसलाई अंगुर जस्ता फलफूलबाट बनाउने गर्छन् । जुन तिनीहरूका पुर्खाहरूले हजारौं वर्ष पहिले गरेका थिए ।

परम्परागत जर्जियाली मदिरा बनाउँदा क्वेभरी भन्ने एउटा पदार्थ प्रयोग गरिन्थ्यो भने यसलाई कलश आकारको एउटा ठूलो माटोको भाँडोमा बनाउने गरिन्छ । यसलाई पनि युनेस्कोले २०१३ सालमा सूचीकरण गरेको थियो ।

टर्किस कफी, टर्की

टर्कीका तीनभन्दा धेरै अमूर्त सम्पदाहरूलाई युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा राखेको छ । टर्की कफी सायद यसको सबैभन्दा प्रख्यात र सबैभन्दा पहिचानयोग्य वस्तु होला ।

कफी पहिलो पटक १५ औं शताब्दीमा ओटोम्यान साम्राज्यमा सुरू भएको थियो । यो त्यसपछि द्रूत गतिमा विस्तार हुँदै गएको थियो ।

त्यसबेलादेखि ओटोम्यानले कफि व्यापारिक मार्गहरू नियन्त्रण गरे र सम्पूर्ण साम्राज्यभरि कफी फैलाउन थाले । यसले बोस्निया र हर्जेगोभिनालगायत ओटोम्यानले जितेका देशहरू र क्षेत्रहरूमा यसको विस्तार भयो ।

परम्परागत मेक्सिकन खाना, मेक्सिको

मेक्सिकन खानाले युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा प्रवेश गर्यो भन्नु कुनै आश्चर्यको कुरा होइन ।

मेक्सिकन खानाको बारेमा सबभन्दा चाखलाग्दो तथ्य: राष्ट्रिय भोजनको विकास स्पेनी विजेतावादीहरू र एजेटिक संस्कृतिबीचको अन्तर्क्रियाको कारण थियो ।

धेरै मेक्सिकन खाना पुरातन परम्परा, अजेटेक, मायन र स्पेनिसको एक स्वादिष्ट संयोजन हो ।

फ्रान्सेलीहरूले पनि मेक्सिकन पाककलाको कथामा उनीहरूको भूमिका खेलेका थिए । समकालीन मेक्सिकन खानामा अधिक युरोपेली, उत्तरी अमेरिकी र एसियाली प्रभावहरू समेत पाइन्छ ।

विश्वको कुनैपनि ठाउँमा जस्तै मेक्सिको बाहिर भने हुबहु मेक्सिकन खाना नक्कल गर्न गाह्रो रहेको मानिन्छ ।

यसबाहेक अजरबैजानको डोल्मा, इटालीको नेपोलिटन पिज्जाउलो, मलावीको नासिमा, ईरानको फ्ल्याटब्रेड लगायत कुल २३ किसिमका खाना युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत भएका खानाहरू हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार