
काठमाडाैं : प्रिमियर लिगको क्रमश पाँचौ र छैटौं स्थानमा रहेका चेल्सी र लिभरपुलले आज राति चौथो स्थानका लागि खेल्दै छन् ।
पछिल्ला पाँचमध्ये ४ खेलमा पराजय भोगेको लिभरपुल यो सिजन खराब लयबाट गुज्रिरहेको छ । अधिकांश खेलाडी घाइते भएकाले लिभरपुल कमजोर अवस्थामा छ ।
अघिल्लो खेलमा लिगको अन्तिममा रहेको सेफिल्ड युनाइटेडलाई हराएर भने ऊ लयमा आउन प्रयास गर्दै छ।
आज राति २ बजे हुने खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ। घरेलु मैदानमा हुने खेलमा जित निकाले लिभरपुलले ४६ अंक बनाउनेछ।
चेल्सी भने पछिल्ला पाँच खेलमा अपराजित छ। पछिल्ला दुई खेलमा बराबरी गरेको चेल्सीको २६ खेलबाट ४४ अंक भएको छ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार