
काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग फूटबलमा आज दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे शुरू हुने पहिलो खेलमा झम्सिखेल र श्री भगवती भिड्नेछन् ।
झम्सिखेल ८ खेलबाट ६ अंक जोडेर अन्तिमबाट दोस्रो स्थानमा छ भने श्री भगवती क्बल समान खेलबाट समान अंकसहित एक स्थान माथि छ ।
एन्फा कम्प्लेक्समै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा आरसीटी र श्री कुमारी भिड्नेछन् ।
८ खेलबाट १२ अंक जोडेको आरसीटी पाँचौ स्थानमा छ भने श्री कुमारी ८ खेलबाट ७ अंक जोडेर आठौँ स्थानमा छ ।
१२ टीम सहभागी बी डिभिजन लिग फूटबलमा ८ खेलबाट २२ अंक जोडेर सातदोबाटो शीर्ष स्थानमा छ। ९ खेलबाट समान अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ ।
लिग जित्ने क्लब ए भिडिजनमा बढुवा हुनेछ। गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग गत फागुन ११ गतेदेखि शुरू भएको हो ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार