२०७८ साउन २० गते बुधवार

सेभियालाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा



काठमाडौं : बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ ।

गएराति सेमिफाइनलको दोस्रो लेगमा शानदार कमब्याक गर्दै सेभियालाई ३-० गोल अन्तरले हराएर समग्रमा ३-२ को जीतसहित फाइनलमा पुगेको हो ।

यसअघि भएको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको थियो। ९० मिनेटमा २-२ गोल भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो ।

बार्सिलोनाका लागि निर्धारित समयकाे अतिरिक्त समयमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

त्यस अघि ओसुमान डेम्बेलेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । अतिरिक्त समयमा खेलको ९५औ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।​

सेभियाले ९० मिनेटको खेलमा खेलको ७३औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न चुकेको थियो । ओकाम्पसले हानेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपर स्टेगनले बचाएका थिए ।

यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । ९० मिनेटको खेलको अन्तिम मिनेटमा फेर्नान्डोले रातो कार्ड पाएका थिए भने १०३औँ मिनेटमा लूक डी जोंगले रातो कार्ड पाए ।

बार्सिलोना योसहित ४२औ पटक कोपाको फाइनलमा पुगेको छ । बार्सिलोनाले अहिलेसम्म सबै भन्दा धेरै ३० पटक कोपाको उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।

योसँगै बार्सिलोना अब फाइनलमा एथलेटिको बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अप्रिल १७ मा हुने छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार