
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले अर्काले ल्याएको अविश्वास प्रस्तावमा मद्दत गर्न नहुने बताए ।
कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले तत्काल प्रतिपक्षमै बस्नुपर्ने उनको भनाइ थियो।
निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्दत पुगिरहेको पनि थापाले आरोप लगाए ।
‘आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था आयो,’ थापाले तर्क गरे।
आगामी भदौमा हुने पार्टीको महाधिवेशनले लाखौँ युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए।
तीन दिन सर्लाही बसेका कांग्रेस केन्द्रीय सदस्य थापाको आतिथ्यतामा जिल्लाको धनकौल, भेल्ही, मलंलवालगायत स्थानमा अन्य पार्टीबाट सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका पार्टीका जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य नागेन्द्रकुमार रायले दाबी गरे।