२०८० मङ्सिर २१ गते बिहिवार

हाउजेको बाइक तथा स्कुटर नेपाली बजारमा बिक्री सुरू



काठमाडौं । कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइक भित्र्याएको छ ।

डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्रान्डलाई बिक्री–वितरण सुरू गरेको जनाएको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ ।

त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ ।

सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ ।

इन्डोनेसिया र अन्य देशमा यी बाइक लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनिको दाबी छ ।

बाइकको बजार मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

हाउजेको भीएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् ।

टीआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ ।

कमलपोखरीमा सुजुकी शो रुममा हाउजेको शो रुम छ ।

त्यसैगरी, काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा हाउजेको शो रुम छ ।

कम्पनीले चाबहिलमा पनि शो रूम विस्तार गर्न लागेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?