
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिन निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले उनलाई तुरुन्त राजीनामा दिन निर्देशन दिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन पनि गरेको रावलले बताए ।
त्यस्तै, बैठकले नेताहरु प्रभु शाह, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय कमिटीबाट निलम्बन गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार