२०८० जेष्ठ १९ गते शुक्रवार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार २१‍औं जीत



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार २१ औं जीत निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४–१ गोल अन्तरले हराएको हो।

सिटीलाई जिताउन गाब्रियल जिससले दुई र रियाद मेहराजले एक गोल गरे।

उल्भ्सका लेन्डर डेन्डोक्नरले आत्मघाती गोल गर्दा कोनोर कोएडीले एक गोल फर्काए आत्मघाती गोल गरेपनि खेल बराबरी उन्मुख भएका बेला सिटीले अन्तिम १३ मिनेटमा तीन गोल गरेको थियो।

जितसँगै सिटी २७ खेलबाट ६५ अंकसहित लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५० अंक छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?