२०७८ साउन ९ गते शनिवार

नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला



चितवन । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् ।

उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा‍. कोइरालाले भने, ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ ।

त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताए ।

फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार