२०८० असोज ९ गते मङ्गलवार

प्रधानमन्त्री असुरक्षित भए हाम्रो दल सुरक्षा दिन तयार छ : नेपाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा गर्न आफूहरू गर्ने बताएका छन् ।

विराटनगरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्रीदेखि सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताए ।

‘देशको प्रधानमन्त्री नै असुरक्षित हुनुभएको हो भने नागरिकको अवस्था के होला ?’ प्रश्न गर्दै नेपालले भने हामीलाई त यस्तो लाग्दैन।

बरु उहाँलाई हाम्रो दल सुरक्षा दिन तयार छ। पूर्वप्रधानमन्त्री नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने बताए।

प्रतिगमनका विरुद्धमा रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गर्ने उनले बताए।

प्रतिगमनलाई साथ दिएकाहरूले गल्ती महशुस गरेर आए आफ्ना पार्टीका नेता कार्यकर्ताहरूलाई स्वागत गर्न आफूहरु तत्पर रहेको उनको भनाई थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?