
टोकियो । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटकै बीचमा जापानी कम्पनीहरुले जब सेमिनार थालेका छन् ।
सन् २०२२ को बसन्तमा स्नातक तहको पढाई पूरा गर्न लागेका विद्यार्थीहरुका लागि सोमबारदेखि जब सेमनिार शुरु भएको छ ।
महामारी लम्बिएकै अवस्थामा कम्पनीहरु पूर्ण तवरले कर्मचारी खोज्नपट्टि लागेका छन् । सेमिनारमा संलग्न कयौं कम्पनीहरुले जुनसम्ममा औपचारिक जब अफर दिने अपेक्षा गरिएको छ ।
कम्पनीहरुको कर्मचारी भर्तीप्रतिको रुचीमा आएको कमी र अनलाइनबाटै कर्मचारी चयन गर्ने क्रम बढेकोले यस वर्ष प्रतिस्पर्धा भने कम हुने अपेक्षा गरिएको छ ।
सोमबार रोजगारीसम्बन्धी सूचना प्रदायक कम्पनी रिक्रुईट करियर कम्पनीले चिबाको माकुहारी मेस्से सम्मेलन केन्द्रमा एक संयुक्त जब सेमिनार शुरु गरेको थियो ।
यसमा ठूला विद्युतीय सामाग्री निर्माता र खाद्य निर्माता कम्पनी समेत गरेर करीब २२० कम्पनीहरुको सहभागिता रहेको थियो ।
गत वर्ष रिक्रुइट होल्डिङ्स कम्पनीको एकाईले कोरोना भाइरसको संक्रमण फैलिएकोले शृङ्खलाबद्ध रुपमा जब सेमिनार रद्द गरेको थियो ।
यस वर्ष भने कम्पनीले संक्रमण फैलिन नदिने उपायहरु अपनाएर त्यस्ता सेमिनारको आयोजना गर्ने निर्णय गरेको छ ।