२०८० जेष्ठ २६ गते शुक्रवार

प्रेमीले नग्न भिडियो र ठेगाना पोर्न साइटमा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढक्ढक्याए



काठमाडौं । एक महिलाले दुःखद् भोगाइ सुनाउँदै आफ्ना प्रेमीले कसरी क्यामेरा लुकाएर आफ्नो नग्न भिडियो बनाए, ती भिडियोलाई पोर्न साइटमा हालिदिएर आफूलाई प्रताडित गरे भन्ने विषयमा बताएकी छिन् ।

यतिमात्र होइन प्रेमीले ती महिलाको ठेगाना समेत पोर्न साइटमा हालिदिएका थिए । त्यसपछि त्यही ठेगानाका आधारमा यौनको माग गर्दै दर्जनौं पुरुष उनको ढोका ढक्ढक्याउन आइपुगे ।

मिररको रिपोर्टअनुसार इङल्याण्डको बर्मिंघमकी तीन सन्तानकी आमा शेरोन थम्पसनले दुखद भोगाइ सुनाएकी हुन् ।

शेरोनका अनुसार डेरेन नामका एक व्यक्ति २ वर्षसम्म उनका ब्वाइफ्रेण्ड थिए । एक दिन महिलाको घरमा कैयौं अन्जान मानिसहरु आएको देखेपछि उनी दंग परिन् ।

४० वर्षकी शेरोनका अनुसार त्यस दिन केही घण्टामै १२ जना पुरुषले उनको घरको ढोका ढक्ढक्याएका थिए ।

घरमा लगातार पुरुषहरु आउन थालेपछि उनी डराइन् । त्यसपछि आएका १३ औं पुरुषसँग उनले त्यहाँ आउनुको कारण सोधिन् । त्यसपछि बल्ल उनलाई थाहा भयो कि उनको भिडियो र ठेगाना पोर्न साइटमा राखिएको छ ।

उनलाई फेसबुकमा पनि सयौं म्यासेज आउन लागेका थिए । मानिसहरुले उनीसँग नग्न फोटो पनि माग्न थालेका थिए । शेरोनका अनुसार उनलाई पत्तै थिएन कि गर्भावस्थाको क्रममा उनका प्रेमीले उनको भिडियो बनाइरहेका छन् ।

उनलाई लागिरहेको थियो कि उनी प्रेमपूर्ण सम्बन्धमा छिन् तर उनले धेरै पछि मात्र ब्वाइफ्रेण्डको वास्तविकता थाहा पाइन् । पछि शेरोनको उजुरीमा पुलिसले आरोपीलाई गिरफ्तार गर्यो । इङल्याण्डको वोल्भरह्याम्पटन अदालतले उनका पूर्वप्रेमीलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?