
काठमाडौं : गायीका शोभा थापा र गायक लाल बहादुर धामी (अछामी बड्डो) को आवाजमा ‘अतकको पाउनु’ बोलको गीत सार्वजनिक भएको छ।
राजेन्द्र शाह (विपी) को शब्द तथा गायक धामीको संगीत रहेको गीत विशेष फिल्मसको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतको एरेन्ज बिजय थापाले गरेका हुन् भने शेर साउँदले रेकर्ड गरेका हुन् । भिडियोमा मोडल रोजी कुँवर, लाल बहादुर धामी, र शोभा थापाको अभिनय छ।भिडियोलाई भिम थापाले निर्देशन गरेका छन् भने, डिबी राउलले छायांकन गरेका हुन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार