२०८० जेष्ठ १९ गते शुक्रवार

एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा हुने



काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ।

कोरोना महामारीका कारण गतवर्ष स्थगित भएको प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको हो। ​

इपिएल आयोजकले आगामी असोज ९ गतेदेखि २३ गते सम्म प्रतियोगिता हुने मिति सार्वजनिक गरेका छन्।

क्रिकेट एशोसियसन नेपाल (क्यान)ले इपिएल आयोजना गर्न सो मिति अनुमोदन गरेको इपिएलले जनाएको छ।

गत वर्ष चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो।

गतवर्ष वेस्टइन्डिजका क्रिस गेलसहितका खेलाडीहरुसँग अनुबन्धन गरिएपनि प्रतियोगिता स्थगित भएपछि उनीहरु आउने कार्यक्रम स्थगित भएको थियो।

यसपटक विदेशी खेलाडीहरुका बारेमा भने आयोजकले आगामी दिनमा जानकारी गराउने बताएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?