२०८१ बैशाख ८ गते शनिवार

उहाँहरु पार्टी कब्जा गरेर अर्काको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लाग्नुभयो : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव पक्षले विधि र पद्धतिको कुरा गरेर अरुको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लागेको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘देशभित्र र देश बाहिरबाट निरन्तर हमला भइरह्यो।

हामीले स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न चाहान्छौँ। त्यसै कारणले अहिलेको संघर्ष भइरहेको छ। देशको हित विपरित कुनै काम गर्दैनौँ। देशको रक्षा गछौँ।’

केही व्यक्तिगत स्वार्थको कारणले देश संकटतर्फ धकेल्न खोजेको आरोप लगाए। ‘हामी हरेक परिस्थितीको सामना गछौँ। हामीले लडेर ल्याएको उपलब्धि रक्षा गर्नका लागि लडिराख्छौँ’ उनले भने, ‘अहिले आपराधिक मानसिकताको विरुद्ध लडिरहेका छौँ। उहाँहरु जालझेल र तिकडममा लागि राख्नुभएको छ।’

उनले आफूहरुले सही बाटो लिएको हुनाले पछि नहट्ने तर्क गरे। प्रचण्डले आफूविरुद्ध १९ पृष्ठकाे आरोपपत्र ल्याउनुकाे कुनै अर्थ नभएको उनकाे दाबी छ।

‘पार्टी ठीक ढंगले अघि बढेको छ, बढ्छ’ उनले भने, ‘केन्द्रीय कमिटीमा बहुमतको कुरा गरिराख्नुभएको छ। त्यो कुनै निर्वाचित भएर आएको कमिटी होइन। मैले नै पार्टी एकता गर्दा ल्याएर राखेको हुँ।’

पार्टी कब्जा गरेर कम्फर्टेबल सरकार बनाइदिनेतिर लागिरहेको उनले आरोप लगाए। ‘यो देश र जनतालाई सेवा गर्ने सरकार होइन। कसैका लागि कम्फर्टेबल सरकार बनाउने योजना पो रहेछ’ उनले भने, ‘जुन हातले नाम राख्यो। हटाउन पनि सक्छ। देव गुरुङलाई प्रमुख सचेतक बनाएको थिए। हटाइदिएँ मैले बनाएको नै हो।’

 

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?