२०८० चैत्र १६ गते शुक्रवार

डोल्पामा बहुला कुुकुर आतंकः एकै दिन पाँच जनालाइ टोक्यो

नगर अस्पतालमै छैन खोप


डोल्पा १६ फागुन,
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा कुकुरले एकैदिन पाँच जनालाइ टोकेर घाइते बनाएको छ ।
आइतबार पटक–पटक गरेर स्थानीय तीन र वटुवा दुइ जना गरेर पाँच जनालाइ टोकेर घाइते बनाएको हो ।
बहुलाह कुकुरको जस्तै लक्षण देखाउने कालो रङ्को देखिने कुकुरले मान्छेलाइ बाटोघाटोमा जहाँ भेट्यो त्यहि टोक्दै हिँडेको त्रिपुराकोटका स्थानीयले बताए ।
केही महिना अघिमात्रै त्रिपुरासुन्दरी नगरपालिका सञ्चालन गरेको नगर अस्पतालमा रेबीज बिरुद्धको खोप नभएपछि कुकुरले टोकेका सबैलाइ जिल्ला अस्पतालमा रिफर गरिएको छ ।
नगर अस्पतालमै रेबिज बिरुद्धको खोप नहुँदा घाइते बिरामिनै सदमरमुकाम धाउनु पर्ने भएकाले खोप सधैँभरी मौज्दात राख्न बिरामिले सुझाव दिएकाछन् ।
अन्य व्यक्तिलाइ टोक्न नपावस भन्दै कुकुरको खोजीगर्न प्रहरी चौकी त्रिपुराकोटलाइ जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख सिजन रावलले जिल्ला अस्पतालमा रेबिज बिरुद्धको खोप प्रसस्त भएकाले टोकेका सबैलाइ अस्पतालमा पठाउन आग्रह गरे ।
बहुलाएको कुकुरले मान्छेलाइ जहाँ भेट्यो त्यही झम्टिने भएकाले घाइते सबैलाइ बहुला कुकुरलेनै टोकेको हुनसक्ने डा.रावलको भनाइ छ ।
बहुला कुकुरले टोकेको खण्डमा पटक–पटक गरेर चार पटकसम्म खोप लगाउनु पर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?