२०८१ बैशाख ७ गते शुक्रवार

प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्छ भन्नु गोरु ब्याएर बिगौती खान खोजेजस्तो : सूर्य थापा



काठमाडौं । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वबाट नयाँ सरकार बन्ने सम्भावना कुनै पनि हालतमा नभएको बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रचण्ड-माधव नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना असम्भव भएको बताएका छन्। उनले प्रचण्ड-माधव नेतृत्वप्रति कटाक्ष गर्दै गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र भएको टिप्पणी गरेका हुन्‌।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रित्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले लेखेका छन्, ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड-माधव पक्ष नयाँ सरकार गठनका लागि सहकार्य खोजिरहेका छन्।

उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरिरहेका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?