२०८० जेष्ठ १९ गते शुक्रवार

काँग्रेसबाट प्रधानमन्त्रीमा देउवाको विकल्प कति सम्भव ?



काठमाडौं । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि राजनीतिक दलहरु नयाँ सरकार निर्माणको कसरतमा जुटेका छन् । प्रतिनिधिसभा विघटनको निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःस्थापित संसदबाट बिदाइ गर्ने रणनीति बनिरहेको छ । यसका लागि नेकपाको प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक छलफल जारी छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अन्तरपार्टी छलफलमा पनि तीव्रता दिइरहेका छन् । मङ्गलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणका लागि उनीहरुको दौडधुप चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । सिंगो नेकपासँग सभामुखसहित १ सय ७३ सांसद थिए । त्यसमा सांसद सानु शिवाको निधन भइसकेको छ ।

यतिबेला नेकपाका १७२ सांसद मध्ये प्रचण्ड–नेपल समूहतिर ९१ र ओली समूहतिर ८१ जना भएको बुझिएको छ । यसमा वामदेव गौतमकी श्रीमती तुलसा गौतम तटस्थ छन् भने स्वतन्त्र सांसद छक्क बहादुर लामा प्रचण्ड–माधवमा खुलेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?