
काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल क्लब भिड्दैछन्।
यी दुई टीम बिचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
यस्तै एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा श्री कुमारी र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुदैछ।
यसअघि हिजोको खेलमा नयाँ बस्ती र खुमलटार विजयी भएका छन्।
कोरोना भाइरसका कारण गत वर्षबाट स्थगित भएको खेल गत मंगलबारदेखि सुरु भएको हो।
लिगमा १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
यी दुई टीम बिचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
यस्तै एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा श्री कुमारी र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुदैछ।
प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार