२०८१ बैशाख ७ गते शुक्रवार

बिपतबाट जाेगिन रामवाण गुल्मकाे सचेतना !



डाेल्पा ।  घरयासी प्रयोग हुने इन्धनबाट आउने बिपतबाट जाेगिन नेपाली सेनाले सिकाएकाे छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ बसेको रामवाण गुल्मले बिद्यालयका बालवालिकाहरुलाइ घरमा प्रयाेग भएका ईन्धनले निम्त्याउने बिपतबाट जोगिने उपाय सिकाएको हो ।
सदरमुकाम दुनैको सरस्वती माध्यामिक बिद्यालयका बिद्यार्थिहरुको बिचमा ग्यास र डिजेल पेट्रोलबाट आगलागीको कारण आउने बिपत्तीबाट जोगिने उपायबारे डेमो मार्फत सचेतना फैलाएकाे हाे ।
डोल्पामा पनि ग्यास लगायत ईन्धनको प्रयोग बढि रहेको बताउँदै कुनैपनि प्राबिधिक त्रुटिले घटना घटेमा ठुलो क्षेति हुनसक्ने भएकोले त्यस्ता घटनाबाट जोगिन बिद्यार्थिहरुलाइ सचेतता गराइएको रामवाण गुल्मका सेनानी अशोककुमार क्षेत्रिले जानकारी दिए ।
डेमोमा नेपाली सेनाको टोलीले डिजेल पेट्रोलमा आगलागी भएमा पानी नहाली सरब पानीले निभाउने र सरब नभए कपडाले छोपर निभाउने बारे देखाएको थियो ।
त्यसैगरि ग्यास शिलिण्डरमा आगलागी भए नडराइ औलाले च्याप्ने,बाल्टीले छोप्ने,कपडाले छोप्ने र पाईप पातलो भए च्यापेर आगो निभाउन सक्ने बारे डेमो देखाएर जानकारी गराइएकाे छ।
अब खडेरीको समय सूरु भएको र कुनैपनि बेलामा घरमा प्रयोग भएका इन्धनबाट आगलागी भई बिपत्ती आउने भएकोले बेलैमा सजग गराएको नेपाली सेनाको दावी छ ।
ग्यास शिलिण्डरबाटै आगलागी भएर अघिल्लो बर्ष यसै महिनामा जगदुल्लामा एक घर जलेर नष्ट भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?