
नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे ।
जहाँ पलले २ वटा टहरा निर्माण गरेका छन् ।सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् ।
लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताए। पलले केही समय अगाडि आफूले घर किन्न लागेको कुरा चर्चामा थियो ।
तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने– ‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए ।
‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’ उनले भने । पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ ।
पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ ।’