
काठमाडौं । नेकपा ओली समूहका नेता आनन्द पोखरेलले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जाने बताएका छन् ।
बागमती प्रदेश अध्यक्ष पोखरेलले शक्ति पृथकीकरणलाई आत्मसाथ गरेर जाने पार्टी भएकाले अदालतको फैसला स्वीकार गर्ने बताए ।
‘स्वभाविक रुपमा हामी अदालतको फैसला स्वीकार गर्छौं । हामीले नै बनाएको संविधान र त्यसबाट बनेको सर्वोच्च अदालतको निर्णय स्वाभाविक रुपमा स्वीकार गर्ने कुरा हो’, पोखरेलले भने ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला बनाएको छ । संविधानमै नभएको अधिकार प्रयोग गरी गएको पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार