२०८० चैत्र १५ गते बिहिवार

मंगलबार नेपालमा थप ११० जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । मंगलबार नेपालमा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ । पछिल्लो २४ घण्टामा १०२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, हालसम्म ६५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?